रेल दुर्घटनामा मृत्यु हुने चार जना नेपालीको सनाखत

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १०, बिहीबार १३:३६

विराटनगर । भारत महाराष्ट्रको जलगाउँमा पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १९ पुगेको छ । तीमध्ये ४ जना नेपाली नागरिकको पहिचान भइसकेको छ ।

मृतकहरूमध्ये हालसम्म १२ जनाको मात्रै पहिचान खुलेको छ । ७ जनाको पहिचान हुन सकेको छैन । भारतीय प्रहरीले मृतकका आफन्तसँग सम्पर्क गरिरहेको छ । पहिचान नखुलेकाको सनाखतको प्रयास पनि गरिरहेको छ । सनाखत भएकामध्ये ४ जना नेपाली नागरिक र अरु भारतीय नागरिक रहेका हुन् ।

रेलमा आगो लागेको हल्ला फैलिएपछि बुधबार साँझ ५ बजेतिर यात्रुबीच भागदौड मच्चिएको थियो । त्यसक्रममा अर्को लिकबाट आइरहेको रेलले किचेर यात्रुहरुको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । हतारिएर यात्रीहरू झ्यालबाट हाम फालेका थिए ।

अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो । ४० जनाभन्दा बढी घाइते भए । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।

सनाखत भएका मृतकहरु ४२ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, ११ वर्षका हिमु नन्दराम विश्वकर्मा र ८० वर्षीया जयकला बडे जयकाडी नेपाली नागरिक रहेको भारतीय प्रहरीले जनाएको छ । मृतम ४ जना नेपालीमध्ये ३ जना उत्तर प्रदेशमा बस्दै आएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.