
नेपाल मेडिकल काउन्सिलले लिएको ७१ औँ समूहको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा ३१.४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार ६८.६ प्रतिशत अनुत्तीर्ण भएका छन् । एमबीबीएस र बीडीएसका लागि ८ सय ४४ जनाले लाइसेन्सको परीक्षा दिएका थिए ।
परीक्षा दिएकामध्ये २ सय ६२ जना उत्तीर्ण भएका हुन् । ५ सय ८२ जना अनुत्तीर्ण भएको काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए ।
उनका अनुसार एमबीबीएसतर्फ ६७ दशमलव ९९ र बीडीएसतर्फ ७६ दशमलव ९२ प्रतिशत परीक्षार्थी लाइसेन्सिङ परीक्षामा अनुत्तीर्ण भएका छन् ।

























