कोशीमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार १४:५४

विराटनगर । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र कोशी प्रदेशले विभिन्न ७ बुँदे घोषणासहित प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न गरेको छ ।

समन्वय केन्द्र कोशी प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीका अनुसार विराटनगरमा बिहीबार सम्पन्न सम्मेलनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको रकम १ लाख रूपैयाँबाट वृद्धि गर्नुपर्ने माग गरेको छ । हाल सामाजिक सुरक्षा कोषबाट सुविधा लिनेको संख्या बढेको हुँदा कोषको रकम १ लाख रूपैयाँबाट बढाउनुपर्नेमा सम्मेलनले जोड दिएको उनको भनाइ छ ।

त्यसैगरी, सम्मेलनले नियमित रोजगारीमा आपूर्तिकर्तामार्फत श्रमिक नियुक्ति गर्ने व्यवस्थालाई पूर्णरूपमा खारेज गराउन पहल गर्ने, श्रमिक विरोधी श्रम ऐनका विभिन्न दफा खारेजीको लागि आवश्यक कदम चाल्ने घोषणा सम्मेलनले गरेको छ । त्यस्तै, सम्मेलनले स्वास्थ्य शिविरका नाममा श्रमिकको कोषबाट रकम कट्टा गर्ने अस्पतालको प्रवृत्ति हटाउन माग गरेको कार्कीले बताए ।

उनले भने, ‘अस्पतालबाट श्रमिकहरुलाई स्वास्थ्य शिविर लगिने गरिन्छ । यस अवस्थामा श्रमिकहरुको कोषबाट रकम कट्टा गर्ने अस्पतालहरुको विषयमा हामी गम्भीर छौ । यस्ता अस्पतालबारे सामाजिक सुरक्षा कोषलाई जानकारी गराउने र त्यस किसिमका गतिविधि रोक्न पहल गर्ने छौं ।’ सम्मेलनमा ९ वटा ट्रेड युनियन महासंघका प्रदेशका विभिन्न जिल्लाबाट १ सय २५ जना प्रतिनिधीहरुको सहभागीता रहेको कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.