सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार १७:००

बुटवल । सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको शुक्रबार ‘ब्रेक थ्रु’ भएको छ । सुरुङमार्ग सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन छ ।

‘ब्रेक थ्रु’का लागि पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभाननजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोह अयोजना गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो ।

प्रधानमन्त्रीको सम्बोधनपछि बाँकी रहेको १.८ मिटर भागमा प्राविधिकले विस्फोट गराएसँगै सुरुङमार्ग छिचोलिएको छ । सुरुङ बनेपछि पाल्पा, कास्कीलगायत जिल्ला आवतजावत गर्न सुक्षित हुने छ ।

प्रधानमन्त्री ओलीले छोटो समयमै सुरुङलाई ‘ब्रेक थ्रु’को अवस्थामा पुर्याएको भन्दै चिनियाँ निर्माण कम्पनीलाई धन्यवाद दिएका छन् । सुरुङमार्गअन्तर्गत १ सय ५१ मिटर लम्बाईको पहिलो बाइपास टनेल गत असोज ४ गते र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास टनेल भदौ २६ गते तथा १ सय ६१ मिटरको दोस्रो बाइपास टनेल पुस ७ गते ‘ब्रेक थ्रु’ गरिएको थियो ।

दुवैतर्फको रिबसहित सुरुङमार्गको कूल लम्बाइ १ हजार १ सय २६ मिटर भएपनि खन्नुपर्ने टनेलको भाग भने १ हजार ८९ मिटर मात्रै हो । मुख्य सुरुङ सिद्धबाबा मन्दिरतर्फ दक्षिणबाट ६ सय १० र तिनाउ जल विद्युतको हेडबक्सतर्फ उत्तरबाट ४ सय ७७ दशमलव २ मिटर खन्ने काम सम्पन्न भएको छ ।

आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ ।

यो खण्डको झण्डै ४ किलोमिटर सडक वर्षैभरि पहिरोको उच्च जोखिममा पर्ने गरेको थियो । सोही जोखिमलाई मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरुङमार्गको काम अघि बढाएको थियो ।

७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.