बेलबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १२, शनिबार २१:४९

विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा मोटरसाइकलको ठक्करबाट शनिबार पैदलयात्री वृद्धको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–४ का अन्दाजी ८२ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई पैदल हिँडिरहेका बेला मोटरसाइकलले दिउँसो १ः१५ बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले विराटनगरको कोशी अस्पताल पठायो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको धनपालथान गाउँपालिका–२ का २५ वर्षीय सुमन कटुवाल र पछाडि सवार ३२ वर्षीय सञ्जय पासवान घाइते भएका छन् । प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य छ ।

मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.