
विराटनगर । तराईका अधिकांश भागमा आज (सोमबार) बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो अवस्था दिनभर कायम रहन सक्छ । केही दिनयता तराईमा हुस्सु, कुहिरो र शीतलहर चलिरहेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ ।
हाल मुलुकको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै, तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । राति भने कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेसक्ने जनाइएको छ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने पूर्वानुमान छ ।

























