दमकमा दुर्घटना गराएर फरार रहेका चालक पक्राउ

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार १२:४४

विराटनगर । झापाको दमकमा दुर्घटना गराएर फरार रहेका एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका–९ का ३१ वर्षीय युवराज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर दिपेश कार्कीले जानकारी दिए । आइतबार पक्राउ परेका तामाङविरुद्ध सवारी ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए ।

दमक–५ का ७९ वर्षीय केवल भनिने कमलप्रसाद खरेल गत मंसिर ६ गते बिहान पूर्व–पश्चिम राजमार्गको पाथीभरा पेट्रोल पम्पनजिकै सडक किनारमा लडिरहेको अचेत अवस्थामा फेला परेका थिए । उद्धार गरेर उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भयो ।

तर, खरेललाई सवारीसाधनले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो । त्यसपछि प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधनको खोजी गरिरहेको थियो ।

तामाङलाई को १ ख ४१४२ नम्बरको मिनी ट्रकसहित पक्राउ गरिएको इन्स्पेक्टर कार्कीले बताए । उनका अनुसार तामाङले हाँकेको उक्त ट्रकको ठक्करबाट वृद्धको ज्यान गएको यकिन भएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.