बार काउन्सिलमा एमाले–माओवादीसहितको गठबन्धन

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १२:४१

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनअघि नेकपा एमाले  र नेकपा माओवादी केन्द्र निकट कानुन व्यावसयीको गठबन्धन बनेको छ । अन्य साना पाँच दल निकटलाई जाेडेर वृहत् प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन बनेको हो ।

बिहीबार  बनेकाे गठबन्धनको सहमति पत्रमा एमालेनिकट पिपिएलएका अध्यक्ष भोजराज आचार्य, माओवादीनिकट आरपिएलएका अध्यक्ष रमणकुमार श्रेष्ठ,विप्लव नेतृत्वको नेकपानिकट पिएलएका अध्यक्ष कपिलचन्द्र पोखरेल, मोहन वैद्यनिकट एनपिएलएका अध्यक्ष देवकुमार मोक्तान र जसपानिकट एफएलएका अध्यक्ष दीपक राईले हस्ताक्षर गरेका छन् ।

गठबन्धनबीच एक सातापछि हुने बार काउन्सिल निर्वाचनमा एमाले र माओवादीका उम्मेदवारलाई जिताउने सहमति छ ।

फागुन २३ मा हुने नेपाल बारको निर्वाचनमा साझा उम्मेदवार बनाएर जाने पनि सहमति भएको छ । बार काउन्सिलमा सातमध्ये ५ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीनिकट उम्मेदवार छन् । यो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट संगठनलाई पनि समावेश गर्ने तयारी भइरहेको छ ।

नेकपा एसनिकट एसपीएलएले बार काउन्सिल निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको छ । नेपालमा बारको निर्वाचनमा पनि कांग्रेससँग मिलेर चुनाव लड्ने तयारी छ ।

नेपाल बारको अध्यक्षमा पिपिएलएबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र आरपीएलएबाट रमण श्रेष्ठ दाबेदार छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.