आईटीएफ तेक्वान्दोकाे पहिलो दिनको खेल सम्पन्न 

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १९, शनिबार १९:०८

विराटनगर । कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएको छ ।  

विराटनगरमा कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिताको उद्‌घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरे ।

सो अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), बोर्डकी उपाध्यक्ष विन्ध्या कार्कीलगायतले शुभकामना दिएका थिए । उनीहरु शुभकामना दिँदै राष्ट्रले खेलाडीलाई गौरवका रुपमा लिँदै खेलाडीले खेल खेलेर जीवनयापन गर्न सक्ने गरीको योजना सरकारले ल्याउनु पर्ने बताए । 

दुई दिने प्रदेश स्तरीय प्रतियोगिताको शनिबार भएको पहिलो दिनको खेलमा विभिन्न इभेन्टका खेल सम्पन्न भएका छन् । 

प्रतियोगिताअन्तर्गत पुरुष प्याटनको हरियो पेटीमा झापाका गगन श्रेष्ठ प्रथम र ताप्लेजुङका कुशल लिम्बू द्वितीय, निलो पेटीमा सुनसरीका शिशिर राई प्रथम र ताप्लेजुङका उपेश लिम्बू द्वितीय, रातो पेटीमा सुनसरीका पीयूष श्रेष्ठ प्रथम र पाँचथरका केलिश कुशवाह द्वितीय, कालो पेटीमा सुनसरीका आशिष मगर प्रथम र मोरङका लक्ष्मण राजवंशी द्वितीय भए ।

दोस्रो डानतर्फ मोरङका मञ्जित राजवंशी प्रथम र झापाका दीपेन राई द्वितीय भएका छन् । 

त्यस्तै, महिला प्याटनको हरियो पेटीमा मोरङकी संगीता राजवंशी प्रथम र झापाकी बिनु काङ्वाङ द्वितीय, निलो पेटीमा आयोजककी अनुश्का धिमाल प्रथम र ताप्लेजुङकी कन्या लिम्बू द्वितीय, कालो पेटीमा सुनसरीकी करुणा बिष्ट प्रथम र झापाकी सेहेङ्वा लिम्बू द्वितीय, रातो पेटीमा सुनसरीकी समीक्षा राई प्रथम र आयोजककी समीक्षा धिमाल द्वितीय । 

दोस्रो डानमा सुनसरीकी एलिजा राई प्रथम भइन् ।  

कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीको अध्यक्षतामा भएको प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी, झापा, इलाम पाँचथर, ताप्लेजुङ, भोजपुर, उदयपुर र आयोजक टिमको  सहभागिता रहेको छ ।

एकल पुरुष र महिला स्पायरिङ तथा एकल पुरुष र महिला प्याटनमा विभिन्न उमेर समूह र बेल्टका १ सय १७ जना खेलाडीसहित प्रशिक्षक र टिम व्यवस्थापन गरी १३५ जनाको सहभागिता रहेको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.