
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको कानेपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो कानेपोखरी– ७ मा रहेको कानेपोखरीमा डुबेर ४५ वर्षीय कुलबहादुर गिरीको मृत्यु भएको हो । गिरी कानेपोखरी– ७ बिहिबारेका हुन् ।
प्रहरीका अनुसार मदिरा सेवन गरेका गिरी शनिबार दिउँसो नुहाउन भन्दै पोखरीमा पसेका थिए ।
अबेरसम्म ननिस्किएपछि उनी डुबेको खुलेको थियो । शनिबार दिउँसाे सशस्त्र प्रहरीको टोलीले उनको शव पोखरीबाट निकालेको थियो ।

























