दमकमा प्रहरी र बन्दकर्ताबीच झडप, तीन सेल अश्रुग्यास प्रहार

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार १६:२५
फाइल तस्बिर

विराटनगर । झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारकाे निर्माण रोक्न माग गर्दै कोशी प्रदेशका ९ जिल्ला बन्द गरेको समूह र प्रहरीबीच आज दिउँसो दमकमा झडप भएको हो ।

दमक नगरपालिका –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाकाे समूहले टायर बालेर सडक अवरोध गर्न खाेजेपछि प्रहरीसँग झडप भएकाे थियाे ।

प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाउन तीन सेल अश्रुग्यास प्रहार गरेको थियो । केही आन्दोलनकारी पक्राउ परेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

पाथिभरामा केबलकार निर्माणको विरोधमा मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा यातायात बन्दको आह्वान गरेको थियो ।

आज बन्दको प्रभाव सामान्य परेको प्रहरीले बताएको छ । सुनसरीको धरान र झापाको दमकमा यातायात बन्द गराउँदै हिडेका १० जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.