
काठमाडौं । महिला टी– २०आई श्रृंखलाको तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित श्रृंखलाको तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो ।
नेदरल्याण्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो । २० ओभरमा नेपाल १२५ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले २३ रन बनाइन् । नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २–२ विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन् ।
नेपालका लागि सीता रानामगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् ।



















