यस्तो छ आजको मौसम, भोलिदेखि वर्षाको सम्भावना

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार ०६:५७

काठमाडौं । देशका अधिकांश स्थानमा आज (सोमबार) मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमी प्रणाली निष्कृयजस्तै हुँदा मौसम सफा रहने अनुमान गरिएएको हो । बिहान पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने आंशिक बदली हुने सम्भावना छ। हिमपात र वर्षाको सम्भावना भने छैन ।

पश्चिमी न्यून चापीय प्रणाली भित्रिएर भोलि (मंगलबार)देखि केही स्थानमा वर्षा हुने सम्भावना छ । पश्चिम नेपालका केही स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको हो । नयाँ मौसमी प्रणालीले देशभर आंशिक बदली र केही स्थानमा वर्षा हुने सम्भावना रहेको हो ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण गण्डकी प्रदेशका एक दुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनीका केही भागमा वर्षाको सम्भावना छ । कर्णाली र सदूरपश्चिमका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरु बताउँछन् ।

 

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.