सरकार र केबलकार विरोधी पक्षबीच वार्ता सुरु

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार २०:१०

विराटनगर । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा केबलकारको विरोध गरिरहेको समूह र सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ ।

केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीका तर्फबाट गठित वार्ता समन्वय टोली र सरकारले गठन गरेको वार्ता टोलीबीच काठमाडौंमा वार्ता भइरहेको हो । सरकारी वार्ता टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले गरेका छन् । आन्दोलनरत पक्षको नेतृत्व संयोजक अमर तुम्याहाङले गरेका छन् ।

‘अहिले हामी सरकारी वार्ता टोलीसँग छलफलमै छौं’, तुम्याहाङले भनेका छन्,‘ सरकारी टोलीसँग वार्ता चलिरहेको छ ।’ सरकारले आइतबार गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

आन्दोलनरत पक्षले सोमबार वार्ता समिति गठन गरेको थियो । आन्दोलनरत पक्षको वार्ता टोलीमा राम मादेन र सरु सिङ्घक, शंकर सुब्बा सदस्य छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.