पाथीभरा केबलकार विवाद : पहिलाे वार्तामा दुवै पक्षले आफ्ना कुरा राखे, भोलि फेरि बस्ने

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार २२:१९

विराटनगर । सरकारले गठन गरेको वार्ता समिति र पाथीभरामा केबलकारको विरोधमा रहेको पक्षले गठन गरेको वार्ता समितिबीचको वार्ता भोलि फेरि बस्ने गरी स्थगित भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक एवम् नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराइले पहिलाे वार्ता सकारात्मक भएकाे बताए ।

आजको बैठकमा आन्दोलनरत पक्षले आफ्ना मागहरु राखेका थिए । थप छलफल गर्न आवश्यक रहेको निष्कर्षसहित भोलि पुन बस्नेगरी स्थगित भएको भट्टराईले बताए ।

आन्दोलनरत पक्षले केबलकार निर्माणको काम रोक्नु पर्ने, काफ्लेपाटीमा रहेको सुरक्षा पोष्ट फिर्ता हुनुपर्ने, पक्राउ परेकाहरुलाई छाड्नु पर्ने, घाइतेकाे उपचार गर्नुपर्ने लगायत माग राखेका थिए ।

सरकारी वार्ता टोलीले केबलकार निर्माण काम रोक्न नसकिने बताएको थियो ।

 केबलकारकाे विराेधमा रहेकाे पक्षले प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा आज अपरान्ह वार्ता सहजीकरण समिति बनाएपछि वार्ता भएको थियो ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.