महिला टी-२०आई शृंखला : नेपाललाई १०७ रनको लक्ष्य

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार १४:१७

काठमाडौं । थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी – २०आई शृंखलाको चौथो खेलमा थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनायो ।

थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए । नानपत कोन्चारोन्काइले १९ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले १-१ विकेट लिए । रचनाले नेपालका लागि टी -२० आईमा डेब्यू विकेट लिएकी हुन् ।

नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.