
काठमाडौं । बेलायतका राजकुमार एडवार्ड पनि काठमाडौं आइपुगेका छन् । उनकी श्रीमती राजकुमारी सोफिया बिहान साढे १० बजे नेपाल ओर्लिएकी थिइन् ।
उनीहरु ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।
करिब अढाई घण्टाको अन्तरमा आएका उनीहरु विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास पुगेका छन् ।
दुतावासबाट राजकुमार दम्पती शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने कार्यसूची छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटपछि दुतावास नै फर्कनेछन् ।
६ दिन नेपालका विभिन्न स्थानमा रहने उनीहरु माघ २७ गते साँझ स्वदेश फर्कनेछन् ।

























