
विराटनगर । विराटनगर घर भएका १ जना पुरुष बिहीबार आफ्नै घरभित्र मृत फेला परेका छन् ।
विराटनगर महानगरपालिका–३ का ४५ वर्षीय सरोज पोख्रेल घरकै कोठाभित्र मृत फेला परेका हुन् । खाना खाएर बुधबार राति घरको कोठामा सुतेका उनी नउठेपछि परिवारका सदस्य बोलाउन गएका थिए ।
बोलाउँदा नबोलेपछि परिवारका सदस्यले बिहान ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोली पुगेर हेर्दा सुतेकै ओछ्यानमा पोख्रेल मृत भेटिएका हुन् ।
उनको मृत्युको कारण खुलेको छैन । कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पतालमा लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























