‘हेल्मेट’ नलगाएका मोटरसाइकल चालकको दुर्घटनामा मृत्यु

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २५, शुक्रबार ०७:१५

विराटनगर । टाउकोमा ‘हेल्मेट’ नलगाइकन मोटरसाइकल चलाएका १ जना युवकको सुनसरीको बर्जुमा दुर्घटनामा परेर मृत्यु भएको छ ।

दुर्घटनामा बर्जु गाउँपालिका–४ का २८ वर्षीय रूपेशकुमार चौधरीको मृत्यु भएको हो । उनको मृत्यु कतिबेला भयो भनेर यकिन छैन । बर्जु–४ हस्नपुरमा लडिरहेको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो ।

मोटरसाइकल र शव सँगै फेला परेकाले दुर्घटनामा परेर उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको शरीरका विभिन्न भागमा चोट लागेको थियो । टाउकोमा ‘हेल्मेट’ थिएन ।

‘हेल्मेट’ नलगाइकन मोटरसाइकल चलाउँदा दुर्घटनामा परी टाउकोमा चोट लागेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । चौधरीको शवनजिकै उनले चलाएको को ३४ प ६७६१ नम्बरको मोटरसाइकल लडिरहेको थियो ।

स्थानीयले बिहान ७ बजेतिर मोटरसाइकल लडिरहेको र चौधरीको मृत्यु भएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट टाउकोमा लागेको चोटकै कारण चौधरीको मृत्यु भएको पत्ता लागेको छ । यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

मोटरसाइकल चालकले ‘हेल्मेट’ अनिवार्य लगाउनु पर्छ । ट्राफिक प्रहरीले टाउकाको सुरक्षाका लागि ‘हेल्मेट’ लगाएर मात्रै मोटरसाइकल चलाउन सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.