
काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी– २०आई शृंखलाको उपाधि थाइल्याण्डले जितेको छ । सिरिजमा नेपाल भने जितविहीन बनेको छ ।
अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनाएको थियो । थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् ।
नेपालमाथि सहज जित निकाले थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको हो ।
थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकालेको छ ।
नेपाल आफ्नो ६ खेलमा नै पराजित भयो ।

























