अरनिको स्कुलको ४८ औं खेल सप्ताह सम्पन्न 

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २६, शनिबार १९:४०

विराटनगर । विराटनगर–१० स्थित अरनिको स्कुलको ४८ औं खेलकुद प्रतियोगिता शनिबार (आज)सम्पन्न भएको छ । 

स्कुलले खेलकुद प्रतियोगिता सप्ताह रुपमा आयोजना गरेको थियो । खेल सप्ताहमा फुटबल, क्रिकेट, दौड, बास्केटबल, टेबलटेनिसलगायतका खेलमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा ५ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको स्कुलका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।  विभिन्न खेलमा प्रतिस्पर्धा गरेका मध्ये २ सय ५० जनालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

अरनिको स्कुल पढाइमा मात्रै नभई खेलकुदको क्षेत्रमा पनि अब्बल रहेको सन्देश प्रवाह गर्न सफल भएको प्रिन्सिपल कार्कीले बताए ।

उनले विद्यार्थीहरूलाई पढाइका साथसाथै खेलकुद पनि आवश्यक रहेको र विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्त राख्ने भएकोले खेलकुद आवश्यक रहेको छ ।  

कार्यक्रमका प्रमुख अतिथि विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी, स्कुलका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.