स्कुटरले दियो प्रहरीको गाडीलाई ठक्कर

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २८, सोमबार ०६:४६

विराटनगर । धनकुटामा रोकेर राखेको प्रहरीको गाडीलाई आइतबार राति स्कुटरले ठक्कर दिएको छ ।

धनकुटा नगरपालिका–५ तल्लो कोप्चेस्थित भित्री सडक खण्डमा प्रदेश १–०२–०४९ प ७०९४ नम्बरको स्कुटरले को १ झ ६०९ नम्बरको गाडीलाई राति ८ः१० बजेतिर ठक्कर दिएको हो । धनकुटा बसपार्कबाट बिहीबारे हटियातर्फ जाँदै गरेको स्कुटरले सडकको छेउमा रोकेर राखेको जिल्ला प्रहरी कार्यालय धनकुटाको मोबायल गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

स्कुटरले ठक्कर दिँदा गाडीको बायाँतर्फको ढोकामा क्षति भएको छ । स्कुटर र चालक धनकुटा–७ का २२ वर्षीय अनन्त काफ्लेलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ । मानवीय क्षति नभएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.