प्रस्तावित प्रादेशिक सञ्चार विधेयकमा अध्यक्ष र प्रेस रजिस्ट्रार रहने प्रावधान

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २८, सोमबार ०८:३३

विराटनगर । कोशी प्रदेश सभामा ‘प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस भएको छ। विधेयकमा प्रादेशिक सञ्चार प्रतिष्ठानकाे अध्यक्ष र प्रेस रजिस्ट्रार रहने प्रावधान राखिएको छ ।

अध्यक्षलाई प्रतिष्ठानको सञ्चालन तथा व्यवस्थापन गर्ने वा सो सम्बन्धी कार्य सञ्चालनमा सहजीकरण गर्ने जिम्मेवारी तोकिएको छ।

प्रदेश प्रेस रजिस्ट्रारलाई प्रशासनिक कार्य गर्ने प्रशासकीय पदाधिकारी हुने भनिएको छ । प्रेस रजिस्ट्रारले अध्यक्षसँग कार्य सम्पादन सम्झौता गरेपछि मात्रै आफ्नो कार्य प्रारम्भ गर्ने उल्लेख छ ।

प्रतिष्ठानमा अध्यक्ष र प्रेस रजिस्ट्रारसहित ११ सदस्य रहने प्रस्ताव छ ।

सरकारले नियुक्त गरेको अध्यक्ष, मन्त्रालयको सूचना तथा सञ्चार महाशाखा प्रमुख पदेन सदस्य, नेपाल पत्रकार महासङ्घ प्रदेश समितिको अध्यक्ष वा प्रतिनिधि सदस्य, प्रदेश सरकारले नियुक्ति गरेका दुई महिला सहित ७ जना र प्रदेश सरकारले नियुक्ति गरेको प्रदेश रजिस्ट्रार सदस्य सचिव हुने विधेयकमा उल्लेख छ ।

प्रेस रजिस्ट्रारले मासिक ४८ हजार पारिश्रमिक र १८ हजार घर भाडा पाउने प्रस्ताव छ । अध्यक्ष र सदस्यले दैनिक भत्ता र बैठक भत्ता मात्रै तोकिएको छ । पदाधिकारी तथा सदस्यको कार्यकाल चार वर्ष हुने प्रस्ताव छ ।

प्रस्तावित दफा ५७ मा आचारसंहिता उल्लङ्घन गरे कारवाही हुने प्रावधान छ । आम सञ्चार माध्यम वा संस्था वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा प्रतिष्ठान समक्ष उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।

प्रदेश कानुनको दफा ४५ बमोजिम न्यूनतम पारिश्रमिक सम्बन्धी, ४६ बमोजिम बिमा सम्बन्धी, ४७ बमोजिम सामाजिक सुरक्षा सम्बन्धी र दफा ५० बमोजिम पत्रकार कल्याण कोष सम्बन्धी व्यवस्था नगरिए २५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने प्रस्ताव छ ।

इजाजत नलिई कार्यक्रम प्रसारण गरेमा, नवीकरण नगरी सञ्चालन तथा प्रसारण गरेमा, अनुमति विना क्षमता वृद्धि गरेमा पनि ५० हजारसम्म जरिवानाको प्रस्ताव छ ।

विधेयकको दफा ३० मा पनि सामाग्री प्रसारण गर्न बन्देज गर्ने प्रावधान राखिएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.