केबलकारको पक्षमा उभिए ताप्लेजुङका जनप्रतिनिधि

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २८, सोमबार १२:४८

ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माण विवाद उत्कर्षमा पुगेका बेला ताप्लेजुङका जनप्रतिनिधि निर्माणको पक्षमा उभिएका छन् । पहिचान, धर्म, संस्कार र संस्कृतिमा असर नगर्ने भन्दै केबलकार निर्माणको पक्षमा उभिएका हुन् ।

सोमबार फुङलिङमा पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधिले केबलकार निर्माणमा ‘जिल्लावासीको विरोध छ भनेर भ्रम फैलाएको गुनासो गरे । उनीहरूले जिल्लावासी र जनप्रतिनिधि केबलकारकाे विपक्षमा नरहेको बताए ।

फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसहित वडाअध्यक्षले ‘नो केबलकार समूह’मा जिल्ला बाहिरका केही व्यक्ति सक्रिय रहेको बताए । जिल्ला बाहिरका केबलकार विरोधी पक्षले जिल्ला आन्दोलन गरिरहेको उनीहरुको भनाइ छ ।

तीन दशकअघि देखि पाथीभरामा केबलकार निर्माणको चर्चा सुरु भएको थियो । केबलकारको पक्षमा सुरु देखि नै जिल्लाका नागरिक रहेको उनीहरुको दाबी छ । केबलकार बनेपछि पाथीभराको जिल्लाको विकास हुने उनीहरुको भनाइ छ ।

ताप्लेजुङको विकासका विषयमा देश विदेशबाट चासो राख्नु सकरात्मक भएपनि केबलकारको विषयमा अनावश्यक भ्रम फैलिएको मेयर मादेनले बताए । उनले ताप्लेजुङका नागरिक केबलकारको सँधै पक्षमा रहेको दाबी गरे ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.