ग्यास भरिएको बुलेट दुर्घटना

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २८, सोमबार १३:३८

हेटौँडा । मकवानपुरमा ग्यास भरिएको बुलेट गाडी दुर्घटनामा परेको छ । प्रहरीका अनुसार त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको भीमफेदी गाउँपालिका–१ त्रिखण्डी मन्दिरनजिकै बुलेट गाडी दुर्घटना भएको हो ।

हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको भारतीय बुलेट आइतबार राति करिब ९ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बुलेट पल्टिएपछि सडक एकतर्फी मात्रै सञ्चालनमा छ ।

साइडको भित्ताबाट ट्रयाक खोलेर अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी बाटो खोलिएको छ । ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

ग्यास बुलेटका चालक र सहचालक दुवैजना सकुशल छन् । ग्यास बुलेट कसरी पल्टियो भनेर यकिन भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.