
विराटनगर । नेपाल स्काउट कोशी प्रदेशले आयोजना गरेको चौथो प्रादेशिक ज्याम्बोरेट सोमबार सम्पन्न भएको छ । विराटनगरमा यही माघ २५ गतेदेखि ज्याम्बोरेट आयोजना गरिएको थियो ।
प्रदेशका प्रमुख आयुक्त एवं क्याम्प चिफ हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको ज्याम्बोरेटको प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय रेवतीरमण भण्डारी थिए । समापन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराई, राष्ट्रिय कार्यकारी समिति सदस्य रवि खनाललगायतको उपस्थिति थियो ।
ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्दा बढी स्थानीय तहका स्काउटरसहित अन्य ६ वटा प्रदेशबाट प्रतिनिधिमूलक सहभागिता थियो । ३ हजार जनाको सहभागिता रहेको जनाइएको छ । ४ दिनसम्म सञ्चालित ज्याम्बोरेटमा विभिन्न सहासिक, मनोरञ्जनात्मक, बौद्धिक, अध्यात्मिक क्रियाकलापहरु भएका थिए ।
विभिन्न विधामा उत्कृष्ट प्रतियोगी तथा स्थानीय तहलाई पुरस्कार प्रदान गरिएको छ । नेपाल स्काउटको वृद्धि र विकासमा योगदान गर्ने स्काउट लिडरहरुलाई समेत सम्मानपत्र प्रदान गरिएको छ ।

























