‘नो केबलकार समूह’लाई गृहमन्त्रीकाे जवाफ: सहसचिवले १९० देशका प्रमुखहरूसँग वार्ता गर्न सक्छन्

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २८, सोमबार २१:३९

काठमाडाैं । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएका ‘नो केबलकार समूह’ले वार्ता गर्न सहसचिवभन्दा माथिल्लो स्तरको समिति माग गरेपछि गृहमन्त्री रमेश लेखकले सहसचिवको हैसियत सम्झाएका छन् ।

सोमबार साँझ गृहमन्त्रालय पुगेका उनीहरूले गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गर्दा सही सन्देश जाने बताएका थिए ।  त्यसपछि गृहमन्त्रीले भने,‘संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने सहसचिवले संसारभरिका १९० देशका प्रमुखहरूसँग समेत वार्ता गर्नसक्ने, देशभित्रै वार्ता गर्न किन नसक्ने ?’

आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जेन लामा शेर्पा, जनजाति नेता आङकाजी शेर्पा लगायतले गृहमन्त्रीसँग भेटेर अझै उच्च स्तरको वार्ता समिति खोजेका थिए । जवाफमा गृहमन्त्री लेखकले अहिले सहसचिव स्तरमा गठित समिति नै अधिकारसम्पन्न समिति भएकाले त्यसैसँग वार्ता गर्नु समाधानमुखी हुने बताएका हुन् ।

अहिले गृहका सहसचिव प्रेम भट्टराई नेतृत्वको समिति वार्तारत रहेका बेला मन्त्रीले सोही टिमले वार्ता जारी राख्ने बताएका छन् । ‘१२ माघमा जे भयो, त्यो दुःखद घटना हो, अब त्यस्तो नहोस् भनेर हामी सचेत छौं, तपाईंहरू पनि सचेत हुनुहोस्,’ लेखकले मुक्कुमलुङ पक्षलाई भने, ‘आन्दोलन फिर्ता लिएर सार्थक संवादमा बस्दा नै सकारात्मक परिणाम आउँछ ।’

ताप्लेजुङका सांसद योगेश भट्टराई तथा उर्मिला थेबेले प्रतिनिधिहरूलाई गृहमन्त्रीसँग संवादका लागि सहजीकरण गराइदिएका थिए ।

गृह प्रवक्ता रामचन्द्र तिवारीका अनुसार छलफल सकारात्मक मोडमा टुंगिएको छ । मन्त्री लेखकले फेरि संवाद जारी राख्न आग्रह गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.