
काठमाडौं । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ ।
धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको उच्च सरकारी वकिल कार्यालयका प्रमुख तथा सहन्यायाधिवक्ता शंकर खत्रीले जानकारी दिए ।
लामिछानेलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
रविसहित अन्य प्रतिवादीलाई थुनामा राख्ने मागसहित निवेदन दर्ता भएको हो ।

























