
काठमाडौं । भरतको चेन्नाई सहरमा आयोजना हुने एसिया ट्रायथलन कपमा सहभागी हुन जाने नेपाली टोलीलाई मंगलबार (आज) बिदाई गरिएको छ ।
संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र महासचिव युवराज सुनुवारले टोलीलाई बिदाई गरेका हुन् । चेन्नाई जाने टोलीमा पुरुषतर्फ मौलिक महजैन र यजु महर्जन तथा महिलातर्फ युस्का महर्जन छन् ।
यस्तै, टिम व्यवस्थापकमा मिकेन महर्जन र निर्णायकहरूमा शुभ श्रेष्ठ र विनोद तण्डुकार रहेका छन् ।
फागुन ४ गते आयोजना हुने एसिया कपमा सहभागी हुन मौलिक महर्जन र युस्का महर्जन बैङ्गलोरबाट सिधै चेन्नाई पुग्ने महासचिव सुनुवारले जानकारी दिए । मौलिक र युस्का एसिया कपका लागि बैङ्गलोरमा प्रशिक्षणमा रहेका छन् ।



















