राष्ट्रिय कायाक स्लालम प्रतियोगितामा चितवनका प्रितमलाई स्वर्ण

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार १५:०९

काठमाडौं । चितवनमा १३ औं राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ ।

चितवनको फिस्लिङ त्रिशूली नदीमा नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघले आयोजना गरेको प्रतियोगितामा चितवनका प्रितम गुरुङले स्वर्ण पदक जितेका छन् ।

उनले १२३.३२ अंकका साथ स्वर्ण जिते । दोस्रो स्थानमा रहेको गोरखाका रविन चेपाङ १५०.६१ अंकका साथ रजत र तेस्रो स्थानमा रहेको चितवनकै विक्रम गुरुङ १५४.४५ अंकका साथ कास्य पदक प्राप्त गरे । 

विजयी खेलाडीहरूले मेडल, प्रमाणपत्रका साथ जनही १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पाए ।

खेलाडीहरूलाई नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघका वरिष्ठ उपाध्यक्ष सूर्य जोशी, संघका महासचिव एवं अन्तर्राष्ट्रिय निर्णायक सुदीप गौतम, कोषाध्यक्ष महेश थापालगायतले पुरस्कार प्रदान गरे । 

२ दिने प्रतियोगिताको अन्तिम चरणमा २ महिलासहित ३८ खेलाडीहरूको सहभागिता रहेको थियो । त्रिशूली नदीमा ६ वटा अपस्ट्रिम गेटका साथ १३ वटा गेटमा प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितालाई सफल पार्न ५ अन्तर्राष्ट्रियसहित १७ जनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.