फाइल फोटोविराटनगर । प्रहरीले सुनसरीबाट २१३. ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
आज दिउँसो लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका– १ नुतन पेट्रोल पम्प छेउबाट २१३. ३४ ग्राम ब्राउनसुगरसहित भारतबिहारको अररिया थाना नरपथगंज सोनापुर– १ बस्ने ३३ वर्षीय कपिल मेहता र र सोही स्थानका २८ वर्षीय पंकजकुमार पासवानलाई पक्राउ गरेको हो ।
उनीहरु बीआर ३८ एके०२११ मोटरसाइकलमा सवार थिए ।
प्रहरीका अनुसार कपिल मेहताले लगाएको हाफ ज्याकेटको भित्री गोजीबाट १०९.६५० ग्राम ब्राउन सुगर बरामद गरेको हो । उनको साथबाट थप १०३.६९० ग्राम बरामद भएको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

























