पदक विजेता किक–बक्सरका खेलाडीलाई सम्मान

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २, शुक्रबार १९:१५

काठमाडौं । भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा विजेता नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले सम्मान गर्दै बधाई दिएका छन् । 

राखेपमा शुक्रबार (आज) एक कार्यक्रमका बीच १६ देशका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गरेर पदक जित्न सफल भएको भन्दै खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए । 

इन्डिया ओपन इन्टरनेशन किक बक्सिङमा नेपाली खेलाडीहरूले एक रजतसहित ४ पदक कास्य पदक जितेका थिए । आसिक कोलीले ५४ केजीमा रजत, भक्तराज जोशीले ५१ केजीमा कास्य, सुनिम श्रेष्ठले फुलकन्ट्याक्टतर्फ ६७ केजी र चिरन राईले ५१ केजीमा कास्य पदक जिते । 

नयाँ दिल्लीमा गत माघ १९ देखि २३ गतेसम्म भएको प्रतियोगितामा विभिन्न १६ देशका १५ सयभन्दा बढी खेलाडी सहभागी थिए ।

नेपालबाट सहभागी भएका ४ जना खेलाडीले पदक प्राप्त गरेको टिम प्रशिक्षक दिवान श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.