
काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको राष्ट्रिय अम्पायरलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको २ दिने राष्ट्रिय अम्पायर प्रशिक्षण शुक्रबार सम्पन्न भएको हो । २ दिने राष्ट्रिय अम्पायर प्रशिक्षणमा सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले प्रमाणपत्र प्रदान गरे ।
प्रशिक्षणमा सहभागी ३३ जनालाई अन्तर्राष्ट्रिय सर्टिफाइड अम्पायर नरेश रावलले सहजीकरण गरेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जानकारी दिए ।



















