धरानमा सीटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ३, शनिबार ०७:१०
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरी । सुनसरीको धरानमा सीटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१८ बुद्ध चोकस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्गा चोकबाट घोपातर्फ जाँदै गरेको प्र १–०२–००३ ह ८७२९ नम्बरको सीटी सफारीले शुक्रबार बिहान १०ः३० बजेतिर पैदलयात्री धरान–१६ का ५९ वर्षीय सुवास खड्कालाई ठक्कर दिएको थियो । अनियन्त्रित भएर सफारीले ठक्कर दिएपछि गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उपचारका क्रममा ११ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले सफारी र चालक संखुवासभा घर भइ धरान–९ मा बस्दै आएका २१ वर्षीय किरण खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

सीटी सफारीको ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.