
काठमाडौं । पेट्रोलको मूल्य बढेको छ । डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।
नेपाल आयल निगमले फागुन ३ गते राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ ।
डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ । सोहीअनुसार नयाँ मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


























