
विराटनगर । मोरङको बेलबारीमा आइतबार दिउँसो १ जना पुरुष सुतेकै ठाउँमा मृत फेला परेका छन् ।
बेलबारी नगरपालिका–११ लकाई टोलका अर्जुन राईको घरमा बस्दै आएका ३८ वर्षीय राजु भण्डारी मृत भेटिएका हुन् । प्रहरीका अनुसार सुतेकै कोठामा दिउँसो १ः३० बजेतिर उनी मृत फेला परेका थिए ।
भण्डारी राईको घरमा काम गरेर बस्ने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।
तत्काललाई घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

























