
विराटनगर । नेपाल तेक्वान्दोको जुनियरतर्फको ‘ग्रेडिङ’ सम्पन्न भएको छ ।
विराटनगर–५ स्थित फ्युजन तेक्वान्दो एकेडेमी डोजोङले आयोजना गरेको ‘ग्रेडिङ’मा ५० जना खेलाडीले भाग लिएको संयोजक सिर्जना सत्याल बुढाथोकीले जानकारी दिइन् ।
उनका अनुसार जुनियनतर्फको ‘ग्रेडिङ’मा ५० जना खेलाडीले पहेंलो र रातो पेटीको ‘ग्रेडिङ’ भएको थियो ।
‘ग्रेडिङ’मा सफल भएका पुरुष र महिला खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष ईश्वर बाँस्कोटा, प्रशिक्षक नारायण बुढाथोकीलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।



















