
विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियामाथि दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।
आइतबार दिउँसो कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार गरेको आरोपमा खाँदबारी–९ का वडाध्यक्ष विमलराज गौतम र वडासदस्य टिकाराम कुमाल पक्राउ परेका हुन् ।गौतमले केहीबेर मेयरलाई कार्यकक्षमा थुनेका थिए ।
अपशब्द प्रयोग गर्दै मेयर थपलियालाई हातपात र दुर्व्यवहार गरेको प्रत्यक्षदर्शी कर्मचारीहरुले बताए । गौतमले कर्मचारीलाई पनि गालीगलौज गरेका थिए ।
मेयर र वडाध्यक्षबीचमा के विषयलाई लिएर विवाद भएको हो भन्ने यकिन छैन । मेयर थपलियाले आफूमाथि वडाध्यक्षले दुर्व्यवहार गरेको र केहीबेर कायर्कक्षमै थुनेर राखेको बताए ।

























