
विराटनगर । झापामा आइतबार साँझ टिपरको ठक्करबाट क्रसरका कामदारको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–७ स्थित मधुगीता क्रसर उद्योगमा घटना भएको हो । मिक्स गिट्टी अनलोड गरेर अगाडि बढ्ने क्रममा को १ ख ७०१४ नम्बरको टिपरले उक्त क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका–२ का अन्दाजी २५ वर्षीय मोहन किस्कुलाई साँझ ५ः४५ बजेतिर ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार टिपरको ठक्करबाट किस्कुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको उर्लाबारी नगरपालिका–२ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

























