
काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलमा नेपाल र कीर्गिस्तान भिड्दैछन् ।
नेपाल र कीर्गिस्तान अन्तर्राष्ट्रिय महिला फुटबलमा ६ वर्षपछि खेल्न लागेका हुन् । यो खेल दशरथ रंगशालमा आज साँझ ६ बजे सुरू हुनेछ । दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङका अनुसार कीर्गिस्तानसँग ६ वर्षअघि खेले पनि अहिलेको टिम फरक छ । जितका लागि खेल्ने उनले बताए । कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले यो प्रतियोगिता राम्रो अवसर भएको बताए ।



















