दुहबीमा दुर्घटना : आमाको मृत्यु, छोरा घाइते

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ५, सोमबार १३:०८

विराटनगर । सुनसरीको दुहबीमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् ।

कोशी लोकमार्गअन्तर्गत दुहबी नगरपालिका–८ हुलास फ्याक्ट्रीअगाडि आज (सोमबार) मध्यान्ह १२ बजेतिर दुर्घटना भएको हो । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको चन्द्रमा यातायातको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ५० वर्षीया श्रीमाया बुढाथोकीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा परेर मोटरसाइकल चालक इटहरी–५ का २१ वर्षीय नवराज बुढाथोकी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । मृतक र घाइते आमा–छोरा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले बसका चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ३९ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.