भारतको ओडिसामा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु, विराटनगरमा आन्दोलनको घोषणा

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार ०७:१८

विराटनगर । भारत ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणको विरोधमा विराटनगरमा आन्दोलनको घोषणा गरिएको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका ४ विद्यार्थी संगठनले विराटनगरमा आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनअन्तर्गत विरोध प्रदर्शनलगायत विरोधका कार्यक्रम रहेका छन् । विद्यार्थी संगठनहरुको सोमबार राति भएको अनौपचारिक भर्चुअल बैठकले आन्दोलनमा उत्रने निर्णय लिएको हो ।

आन्दोलनअन्तर्गत आज (मंगलबार) बिहान महेन्द्र मोरङ क्याम्पसबाट संयुक्त प्रदर्शन गर्ने, भोलि (बुधबार) जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने, भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपालमा प्रवेश निषेध गर्नेलगायतका कार्यक्रम छन् । बैठकमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष अभिमन्यू यादव, अनेरास्ववियु (क्रान्तिकारी)का क्याम्पस अध्यक्ष रोहित यादव, महेन्द्र मोरङ स्ववियु सभापति जसवन्त पौडेल, समाजवादी विद्यार्थी संगठनका नेता राकेश यादव, नेविसंघ क्याम्पस सभापति प्रसान्त यादव र अनेरास्ववियुका क्याम्पस अध्यक्ष माधव पासवानलगायत सहभागी थिए ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको शंकास्पद मृत्युपछि न्याय माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई कलेज प्रशासनले दमन गरेको थियो । उक्त कलेजमा लगभग १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.