नेपाली विद्यार्थीमाथि भारतमा दुर्व्यवहार : कलेजले माग्यो माफी, कर्मचारी कारबाहीमा

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार १४:०९

काठमाडौं । भारतको उडिसा राज्य, भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति माफी मागेको छ ।

विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने सुरक्षागार्ड र कर्मचारीलाई कारबाही समेत गरेको जनाएको छ । मानसिक र शारीरिक दुर्व्यवहार भोगेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई हिजो (सोमबार) निस्कासन गरेको थियो । विश्वविद्यालयको छात्रावासबाट कुटपिट र गालीगलौज गर्दै विश्वविद्यालय प्रशासनले जबर्जस्ती लखेटेका नेपाली विद्यार्थीहरु रेल्वे स्टेसनमा अलपत्र परेका थिए ।

विश्वविद्यालयले आज (मंगलबार) जारी गरेको विज्ञप्तिमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने २ सुरक्षागार्डलाई बर्खास्त गरेको र २ जना छात्रवासका कर्मचारी तथा १ जना प्रशासनका कर्मचारीलाई निलम्बन गरेको जनाएको छ ।

विश्वविद्यालयले क्याम्पस र होस्टलबाट निस्कासित नेपाली विद्यार्थीलाई फर्कन आह्वान पनि गरेको छ । विश्वविद्यालयले घटनाको छानबिनमा सघाउने र विद्यार्थीको सुरक्षामा ध्यान दिने जनाएको छ ।

प्रकृति लम्सालमाथि उत्पीडन गर्ने व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरिरसकेको भारतीय सञ्चार माध्यम ‘एएनआई’ ले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.