रानी नाकामा पुगेका माेरङका सुरक्षा अधिकारी र भारतीय प्रहरी ।विराटनगर । विराटनगरको रानी नाकाबाट भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थी फर्किएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज ७५ जना विद्यार्थी फर्किएका हुन् । मंगलबार ३ जना विद्यार्थी घर फर्किएका थिए ।
नाकाबाट प्रशासनले विद्यार्थीलाई घर पठाउन सहजिकरण गरेको थियाे ।
केआईआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेपछि विद्यार्थी विश्वविद्यालय छाडेर घर फर्किएका हुन् ।

























