
काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज लेबनानसँग खेल्दैछ । पहिलो खेलमा कीर्गिस्तानमाथि जित निकालेको नेपालले आज लेबनानसँग खेल्न लागेको हो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । चारै टोलीको यो दोस्रो खेल हुनेछ ।
पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गर्दा नेपालले कीर्गिस्तानलाई १– ० ले पराजित गरेको थियो ।
लेबनानसँगको खेलमा विजयी भए नेपाल फाइनल पुग्नेछ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।



















