दमकमा फाल्गुन ११ गतेदेखि मुख्यमन्त्री कप महिला भलिबल हुँदै  

Share this
809shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ८, बिहीबार ११:४३

दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता झापाको दमकमा हुने भएको छ ।

नेपाल खेलकुद महासंघले प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले दमकमा फाल्गुन ११ देखि १६ गतेसम्म भलिबल प्रतियोगिता हुने बताए । 

महासंघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता र प्रतिभा देखाउने अवसर प्रदान गर्ने सदस्यसचिव बस्नेतले बताए ।

उनले बोर्डले हरेक वर्ष विभिन्न खेलको प्रतियोगिता आयोजना गर्दै आएकोमा खेल प्रतियोगिताको निरन्तर आयोजनाले खेलाडीको प्रतिभामा निखार आउने धारणा राखे । 

त्यस्तै, महासंघ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले महिला भलिबल खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रगति गर्दै गएकोले स्थानीय स्तरमा समेत खेलाडीहरूलाई अवसर उपलब्ध गराउने किसिमले प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए । 

महासंघले  गत वर्ष  ‘केपी ओली रोड रेस’ प्रतियोगिता आयोजना गरेको  थापाले बताए । 

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली (आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी) गरी १० टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुने टोली नगद ५ लाख, दोस्रो हुने टोलीले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.