अर्किड र न्यू मून सेमिफाइनलमा

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ८, बिहीबार १६:५७

विराटनगर । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड स्कुल र न्यू मून स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा अर्किड स्कुलले डीएभी स्कुललाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरको खेलमा १७ दशमल २ बलमा सबै विकेट गुमाई ७२ रन बनाएको थियो । डीएभीका लागि प्रभान्सु कर्णले सर्वाधिक १६ रनको योगदान दिए । अर्किडका सुजन यादवले ३ विकेट लिँदा प्रेम कामतले २ विकेट लिए ।

७३ रनको लक्ष्य पछ्याएको अर्किडले ७ दशमलव ३ बलमा १ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले सर्वाधिक ५० रनको योगदान दिए । डीएभीका केशव झाले १ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले अरनिको स्कुललाई ५८ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १ सय ४६ रन बनाएको थियो ।

न्यू मूनका लागि इस्तियाक आलमले सर्वाधिक ३६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिए ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको अरनिको १७ दशमलव १ बलमा सबै विकेट गुमाई ८८ रनमा सीमित भयो । अरनिकोका प्रिन्स मेहताले सर्वाधिक २६ रनको योगदान दिए । न्यू मूनका प्लेयर अफ म्याच समीर आलमले ३ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.