
काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानविरुद्ध नेपालले अग्रता लिएको छ । पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो ।
पहिलो हाफको अन्त्यतिर सावित्रा भण्डारीले प्रहार गरेको बल लेबनानको खेलाडीलाई लाग्दै गोल हुन पुगेको थियो ।
कर्नरबाट आएको बलमा साम्बाले गरेको बल डिफेन्डरमार्फत डिफ्लेक्ट भएर गोल भएको थियो ।



















