लेबनानमाथि जित निकाल्दै नेपाल फाइनलमा

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ८, बिहीबार २०:२१

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा लेबनानमाथि १-० को जित निकाल्दै नेपाल एक खेलअघि नै फाइनल प्रवेश गरेकाे हाे । म्यानमार पनि एक खेल अघि नै फाइनल प्रवेश गरेकाे हाे ।

लेबनानमाथि नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.