नगरस्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार हुँदै

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ९, शुक्रबार १९:२७

विराटनगर । विराटनगर–५ स्थित जामुनगाछीमा ‘प्रथम फ्युजन नगरस्तरीय तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूलनाराका साथ शनिबार फ्युजन तेक्वान्दो एकेडेमीले प्रतियोगिता आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष सिरु सत्याल बुढाथोकीले जानकारी दिइन् ।

खेलाडीले नियमित अभ्यास गरेर मात्रै निखारपन नआउने भएको हुँदो विभिन्न डोजाङ र विद्यालयका खेलाडीबीच प्रतिस्पर्धा गराउने माध्यम प्रतियोगिता भएकाले एकेडेमीले पहिलो पटक प्रतियोगिता गर्न लागेको बताउँदै, अध्यक्ष बुढाथोकीले भनिन्, ‘प्रतियोगितामा विराटनगर महानगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयका खेलाडीहरूको सहभागिता हुनेछ । खेलाडीहरूले जति प्रतियोगितामा भाग लिन्छन्, त्यत्ति नै उनीहरूमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुन्छ । ३ तहको सरकारले समन्वय गरेर प्रतियोगिताहरू नियमित गराउनु पर्छ ।’
प्रतियोगितामा पुम्से र ग्यारोगीका ३३ इभेन्टमा २ सय बढी जना पुरुष र महिला खेलाडीको सहभागिता हुनेछ आयोजकले जनाएको छ ।

विजेता तथा उपविजेता खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.